Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीबाट हिन्दुराज्य घोषणा गर्ने कुरा कल्पना गर्न सकिँदैन : शशांक कोइराला

घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले होलिवाइन खान पनि तयार रहेकाले हिन्दुराज्य घोषणा गर्ने कुरा कल्पना गर्न नसकिने बताएका छन् ।

कोइरालाले हिन्दु राज्य र संघीयताको अन्तिम छिनोफाने गर्ने जिम्मा जनतालाइ दिनुपर्ने बताए ।

प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले काँग्रेसको महासमिति बैठकले पनि यसअगाडि हिन्दु राज्य भनिसकेको कुरा स्मरण गराउँदै अधिवेशनबाट निर्णय गरेर पार्टी अघि बढ्ने जनाए ।

ओलीले गरेको संसद विघट विरुद्धको आन्दोलन काँग्रेसले एक्लैले गर्ने महामन्त्री  कोइरालाको भनाइ थियो ।  कम्युनिष्टसँग सहकार्य गरेर सयुक्त आन्दोलन गर्ने पक्षमा काँग्रेस नरहेको उनले स्पष्ट पारे ।

यो बेला काँग्रेसलाई एकढिक्का बनाएर लैजानुको बिकल्प नरहेको पनि उनले बताए ।

ओली सरकारले चुनाव नगराउने दाबी गर्दै चुनाब भएमा काँग्रेस चुनाबबाट नभाग्ने महामन्त्री  कोइरालाले बताए ।

उनले प्रदेश सरकारमा काँग्रेस सहभागी हुने नहुने निर्णय काँग्रेसको केन्द्रीय समिति बैठकले गर्ने भन्दै अविस्वास प्रस्तावकै पक्षमा आफू रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077