Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली  सर्वोच्चमा उपस्थित

    अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली  सर्वोच्चमा उपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली  सर्वोच्च अदालत पुगेका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।



    प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दायर गरेका थिए ।



    गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

    अदालतको अवहेलनान गरेको अभियोगमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र ४ जना पूर्वप्रधानन्यायाधीशमाथि पनि छन् । चार पूर्वप्रधानन्यायाधीशले यसअघि नै लिखित जबाफ बुझाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार