Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सर्वोच्चलाई ओलीको जवाफ : १४ वर्ष जेल बसेको व्यक्तिले अदालतको अवहेलना गर्दिन (पूर्ण पाठसहित)

    सर्वोच्चलाई ओलीको जवाफ : १४ वर्ष जेल बसेको व्यक्तिले अदालतको अवहेलना गर्दिन (पूर्ण पाठसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ बुझाएका छन् । जवाफमा उनले आफु  स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिएको भन्दै  १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको दाबी गरेका छन् ।

    लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत उल्लेख गरे ।



    प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने उल्लेख गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जिकिर गरेका छन् ।



    प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गरेका छन् ।

    यस्तो छ प्रधानमन्त्रीको लिखित जवाफ:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार