Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको जम्मू–काश्मीरमा गोली चल्यो, दुई प्रहरीको मृत्यु

एजेन्सी । भारतको जम्मू–काश्मीरस्थित श्रीनगर शहरमा शुक्रबार गोली चल्दा दुई जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी भएको हो । दुुई जनाको मृत्यु भएको र दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते प्रहरीलाई अस्पताल पठाइएको छ । आक्रमणपछि घटनास्थललाई घेरेर प्रहरीले सबैको खानतलासी गरेको छ । २४ सदस्यीय राजनीतिक प्रतिनिधिमण्डल काश्मिरको दुई दिने यात्रा गरेर फर्किएको भोलिपल्टै प्रहरीमाथि हमला भएको हो ।

यसअघि दुई अलग मुठभेडमा प्रहरीको गोली लागेर काश्मिरको शोपिया र बडगाम जिल्लामा तीनजना आक्रमणकारी मारिएका थिए, यसक्रममा एक प्रहरीको मृत्यु भयो भने भने अर्का एक घाइते भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077