Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीलाई गगनको जवाफ- न्यायमूर्तिले मान्छेको भीड हेर्दैनन् , भीड नाप्ने जिम्मा जनताको हो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएपछि कांग्रेस नेता गगन थापाले गम्भिर आपत्ति जनाएका छन् ।

ओलीले आज बिराटनगरको सभामा मान्छेको भीडलाई मध्यनजर गर्न आग्रह गर्दै भनेका थिए, ‘सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला। संविधानको मम र भावना हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होला।’

ओलीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता थापाले भने, 'न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो। अदालतले विना भय संविधानसम्मत निर्णय गरोस्। प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको हो। स्मरण रहोस,  सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त!

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077