Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले वैशाखमा चुनाव गराउन नसक्ने शशांक कोइरालाको ठोकुवा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने ठोकुवा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा विगत १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघ (नेविसंघ) को अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा. कोइरालाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादकै कारण निर्धारित मितिमा निर्वाचन हुन नसक्ने दावी गरेका हुन् ।

‘मलाई लाग्छ ओलीजीले चुनाव गराउनुहुन्न । उहाँले तय गरेको मितिसम्म चुनाव हुँदैन, कोइरालाले भने ।’

वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने भन्दै महामन्त्री कोइरालाले कांग्रेसले आफ्नो ध्यान आगामी भदौका लागि तय भएको महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077