Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जन्मदिनमै ओलीले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिनका अवसरमा उनी निकट नेताहरुले शुभकामना दिइरहेका छन्। उनले चालेको प्रतिनिधि सभा विघटनको कदम साहासिक भएको भन्दै उनको प्रशंसामा उनी निकट नेताहरु देखिएका हुन्।

प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिवस भने विवादास्पद बनेको थियो। केकमा नेपालको नक्सा बनाएर काटेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री केपी ओलीले आज बिहान १० बजेका मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्नेलगायतका निर्णय हुनसक्ने छन् ।

एक मन्त्रीका अनुसार ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्नेलगायत अन्य नियमित एजेन्डामा छलफल हुनेछ ।

नेकपा विप्लवमाथिको प्रतिबन्ध फिर्ता गर्ने विषयमा अहिले छलफल भइरहेकाले यसबारे निर्णय आउने उनको भनाई छ । यसअघि सोमबार नियमित क्याबिनेट बैठक हुने गरे पनि यो पटक मंगलबारका लागि बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077