Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्सपेक्टरकै अगाडि थुनुवाद्धारा आत्महत्याको प्रयास, प्रहरी मुकदर्शक

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्तामा इन्सपेक्टरकै अगाडि एक पुरुषले आत्महत्याको प्रयास गरेका छन् ।

सार्वजनिक शान्ति कसुर मुद्दामा पक्राउ परेका वीरगञ्ज–१५ नगवाका २५ वर्षीय विराट झाले झ्यालबाट हाम फालेर आत्महत्या प्रयास गरेका हुन् ।

वडा प्रहरी कार्यालयमा छलफलका क्रममै रहेका झाले सिसाको झ्यालबाट हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् ।

वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर राजेशराज पुरीको कोठमा छलफल चलिरहँदा झाले आत्महत्याको प्रयास गरेका हुन् ।

झ्यालबाट हाम फालेका झालाई तत्कालै वडा प्रहरी कार्यालय विर्ताको भ्यानमा राखेर नारायणी अस्पताल लगिएको थियो । नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पानीट्यांकीस्थित एलएस न्युरो अस्पतालमा लगिएको थियो ।

झाको निधार र टाउकोको माथिल्लो भागमा गरी ७ वटा टाँका लगाइएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तो थियो घटनाक्रम
२वडा प्रहरी कार्यालय विर्तामा फागुन ९ गते झाविरुद्ध सार्वजनिक शान्ति कसुर मुद्दामा जाहेरी पर्‍यो । जाहेरी आएलगत्तै विर्ताको टोलीले सोधपुछका लागि सोही दिन साँझ साढे ८ बजे झालाई झिकायो ।

एक युवतीले आफूलाई मानसिक यातना दिएको र साथीहरुलाई हातपात समेत गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

त्यसो त झाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पनि अर्की एक युवतीले सामाजिक सञ्जाल ‘टिकटक’ मा आफूले बनाएको भिडियोसँग जोडेर नराम्रो भिडियो बनाई दुःख दिएको आरोप लगाउँदै निवेदन दिएकी थिइन् ।

मातहतको कार्यालयले झालाई पक्राउ गरेको जानकारी पाएपछि जिल्लाले निवेदकलाई पनि उतै पठायो ।

पहिलो घटनाको छलफलका क्रममा गल्ती भएको भन्दै झाले माफी माग्दै आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाए । निवेदकले पनि एक पटकलाई माफी दिन राजी भइन् । समस्या समाधान भयो ।

त्यसैगरी दोस्रो उजुरीको विषयमा छलफलका लागि वडा प्रहरी कार्यालयले निवेदक पक्षलाई फागुन १० गते सोमबार बोलाएको थियो ।

सोमबार दुवै पक्षको उपस्थितिमा कार्यालय प्रमुख इन्सपेक्टर राजेशराज पुरीको कार्यकक्षमा छलफल चलिरहेको थियो ।

झाले युवतीलाई ‘मसँग विवाह गर’, ‘म तिमीलाई मन पराउँछु’, ‘मसँग विवाह नगरे मरिदिन्छु’ भन्दै दैनिक फोन, म्यासेज गरी मानसिक यातना दिने गरेको त्यतिबेलै खुल्यो ।

यो घटनामा पनि झाले आफूबाट गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो नगर्ने भनेर पनि माफी मागे । । तर, उनले अन्तिम पटक युवतीसँग कुराकानी गर्न पाउनुपर्ने शर्त राखे ।

युवतीले शर्त अस्वीकार गरेपछि झा छेउँमै रहेको सिसाको झ्यालबाट हाम फाले । तर, इन्सपेक्टर पुरीलगायत प्रहरीहरु हेरेको हेर्यै भए ।

वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा उनलाई एकरात राखिएको भएपनि एक थप्पड पनि नहानिएको पुरी बताउँछन् ।

यद्यपी लागुऔषध दुर्व्यसनमा फसेको झालाई सुधार केन्द्र पठाउने तयारी भएको प्ररहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077