Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ वर्षकी छोरीलाई झुण्ड्याउने आमासहित ५ जना पक्राउ

काठमाडौं । १ वर्षिया छोरीलाई घाँटी बाँधेर हत्या गराउने आमासहित ५ जना पक्राउ परेका छन् ।

रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा फागुन ९ गते राती बालिकाकी २१ वर्षीया आमा प्रेमा यादवले आफ्नै कोठाको पंखामा एक वर्षीया बालिकाको घाँटी बाँधेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रेमाले कोठाको पंखामा दुईवटा डोरी बाँधेर एकातर्फ छोरीलाई झुन्ड्याएको र अर्को डोरीमा आफू झुन्डिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहे भएको ७ महिनामै छोरी जन्मिएपछि प्रेमाको परिवारभित्र खटपट भएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार श्रीमानले पूर्वप्रेमी सँगको वार्तामा बालिका उसकै छोरी भएको खुलेपछि मनमुटाव र मानसिक यातना सुरु भएको हो ।

तिहारपछि यातना दिने र परिवारले बालिकालाई स्वीकार्न असहमति जनाएपछि प्रेमाले छोरीलाई मार्ने र आफू मर्ने प्रयासमा रहेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले डोरीमा झुन्डिएको देखेपछि बचाउन गए पनि बालिकाको भने मृत्यु भइसकेको थियो ।

बालिकाको मृत्युपछि प्रहरीलाई खबर नगरी घरपरिवारले नजिकैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी परिचालित भइ खोजेका थिए ।

त्यसलगत्तै खोजीमा जुटेको प्रहरीले दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो ।

घटनाबारे लुकाएको र बालिकाको शव गाडेको आरोपमा प्रहरीले प्रेमासहित उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमति यादव, श्रीमान् २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077