Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपत्यकासहित मुलुकभर प्रचण्ड–माधव समूहले निकाल्यो विजय जुलुस

    उपत्यकासहित मुलुकभर प्रचण्ड–माधव समूहले निकाल्यो विजय जुलुस

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौं उपत्यकासहित देशभर नै विजय जुलुस निकालेको छ ।

    काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । देशभरका विभिन्न शहरहरुमा समेत विजय जुुलुस निकालिएको छ ।



    काठमाडौंको सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।



    संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो ।

    काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन् ।

    मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार