Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेसलाई अवसरै अवसर, प्याकेजमा सहमति भए पौडेल राष्ट्रपति !

    कांग्रेसलाई अवसरै अवसर, प्याकेजमा सहमति भए पौडेल राष्ट्रपति !

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसलाई सरकारमा जाने ठूलो अवसर आएको छ ।  कांग्रेसले आफूलाई सुधार गरेर लैजान्छ वा सरकारमा नेकपाको पिछलग्गु बनाएर जान्छ समयले बताउनेछ ।

    सकेसम्म कांग्रेस नेकपाको पछाडि लतारिएर सरकारमा जान नहुने गगन थापालगायतका नेताहरुले वताएका छन्। उनीहरूबाट पार लागेन भने मात्रै कांग्रेसले सरकार बनाउन जोडबल गर्नु पर्ने बुझाईमा थापाहरुले जोड दिने गरेका छन् ।



    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको कुरा उठाएका छन् । प्रचण्ड घुमाउरो भाषामा आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको कुरा गरेका छन् । प्रचण्ड यो प्रस्तावमा कांग्रेस फस्छ वा फस्दैन हेर्न बाँकी छ ।



    प्रधानमन्त्री र अध्यक्ष पदका लागि नेकपाभित्रको विवाद थियो भन्ने कुरा लुकाएर लुक्नेवाला छैन । दाहालले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भन्नु भनेको प्रधानमन्त्रीकै लागि हो । दाहालले सजिलै प्रधानमन्त्री पद अरुलाई दिनेवाला छैनन् ।

    प्रचण्ड नेतृत्वको नेकपाका दोस्रो वरीयताका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका लागि तयारी अवस्थामा छन् । अध्यक्ष नेपालले यसअघि पनि प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिसकेका छन् । दाहाल र नेपालबीच प्रधानमन्त्री बन्ने विषयमा विवाद हुने पक्का छ ।

    उता, प्रधानमन्त्री बन्ने योजनामा बाबुराम भट्टराई पनि पर्खेर बसेका छन् । उपचारको बहानामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बाबुरामले पनि प्रधानमन्त्री पद ताकेर बसेका छन् ।

    नेपालमै उपचार गराउन छाडेर बाबुराम दिल्लीमा उपचार गराउन गएको विषयलाई पनि नानाथरी आरोप लगाएका छन् । बिगतमा बाबुरामलाई भारतपरस्त भनेर आरोप लाग्दै आएको छ । बाबुरामका जेएनयुका गुरु एसडी मुनिले समेत आफ्नो किताबमा माओवादीको भण्डाफोर गरिदिएका छन् ।

    नेकपा र बाबुरामहरू प्रधानमन्त्री बन्न सकेनन् भने केपी शर्मा ओली आफै प्रधामन्त्रीमा टिकिरहन अवसर खोज्नेछन्  । शुरुमै कांग्रेसलाई प्रधानमन्त्री दिने सम्भावना निकै कम छ । ओली र प्रचण्ड–माधवको झगडाले कांग्रेसको पोल्टामा सत्ताको नेतृत्व आउनेछ ।

    अर्को कुरा प्रचण्डले भने जस्तो नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना देखिदैन । कुनै पनि तरिकाले सरकार बन्न सकेन भने छ महिनाभित्र अर्को निर्वाचनको तयारीमा दलहरू जान पनि सक्छन् ।

    दलहरू ढिलो- चाँढो जाने भनेको निर्वाचनमा नै हो । उनीहरूले निर्वाचनको तयारी गर्दा राम्रो हुन्छ । प्रचण्डले आफ्ना अन्तर्वार्ताहरूमा राष्ट्रिय सहमतिको कुरा गरेका छन् । उनले राष्ट्रिय सहमति हुँदैन भन्ने पनि राम्रोसँग बुझेका छन् ।

    कांग्रेसलाई अबसर आएको जस्तो देखिए पनि तत्काल कांग्रेसले मुख मिठ्याउनुको अर्थ नहुने थापा पक्षको बुझाई छ। ओली र प्रचण्ड–माधव समूह मिलेर जाने सम्भावना भने अहिले देखिदैन । अनौपचारिक रुपमा विभाजन भएका नेकपालाई मिलाउन चिनियाँ अदृष्य शक्ति पनि लागेको छ ।

    नेकपाको राजनीति स्वदेशीभन्दा पनि विदेशहरूको दवावमा चलिरहेको छ ।

    पौडेल राष्ट्रपति

    केपी ओलीसँग राजिनामा मागेका प्रचण्ड र माधवकुमार नेपालले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएका छन् ।

    ओलीका गैरकानुनी कामलाई ल्याच्चे लगाएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने या महाभियोग सम्म लगाउने तयारी भइसकेको छ ।

    तर, प्रचण्डले राष्ट्रपतिलाई हटाउनेबारे आफुहरुले नसोचेको प्रतिकृया सार्वजनिक रुपमा दिइसकेका छन् । उनले अब नेकपावाट नभई वाहिरवाट प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् ।

    तर अन्य पार्टीसंग प्याकेजमा सहमति गर्दा राष्ट्रपति पनि बाँड्नुपर्ने अवस्था आएमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने विकल्पवारे पनि छलफल हुन थालेको बताइएको छ ।

    कांग्रेसका शेखर कोइराला, मिनेन्द्र रिजाल,प्रकशमान सिंहलगायतका नेताहरुले पौडेललाई राष्ट्रपति बनाउन देउवालाई दबाब दिन सक्छन।

    देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपति नेकपाले राख्ने संभावना देखिन्छ। त्यो अवस्थामा कांग्रेसले महत्वपूर्ण मन्त्रालयहरु लिन सक्ने देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार