Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन’

    ‘एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन’

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 2K
    SHARES

    धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीमा अलिकता पनि नैतिकता बाँकी भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

    धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भने–‘कुनै एक व्यक्तिको सनकको भरमा लोकतन्त्र सकिँदैन, न्याय मर्दैन भन्ने प्रमाण हो यो । केपी ओलीजीमा अलिकती पनि नैतिकता बाँकी छ भने तुरुन्त राजीनामा दिनुपर्छ ।’



    संसद पुनर्स्थापनाको फैसलाले न्यायालयको गरिमा र सम्मान झन उचाइमा पुगेको बताउँदै उनले भने–‘न्यायालयको फैसलाले हामी खुसी भएका छौं, न्यायालयको सम्मान र गरिमा पनि बढेको छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार