Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीलाई गलहत्याएर राजिनामा गराउने पम्फाको चेतावनी

    ओलीलाई गलहत्याएर राजिनामा गराउने पम्फाको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलहत्याएर राजिनामा गराउने चेतावनी दिएकी छिन् ।

    नेतृ भुसालले संविधानको हत्या गर्ने ओलील्ेले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।



    राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् ।



    उनले भनिन्–‘मैले त हिजै राजीनामा आउँला भनेर सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ ।’

    प्रधानमन्त्री ओली पशुपतिनाथ गएको प्रसंग निकाल्दै उनले भनिन्–‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस् ।

    सम्बोधनका क्रममा नेतृ भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।

    जनसंघर्ष समितिका सहसंयोजक समेत रहेकी भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् । उनले भनिन्–‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार