Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओली अन्ततः संसद् बैठक बोलाउन तयार

    प्रधानमन्त्री ओली अन्ततः संसद् बैठक बोलाउन तयार

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली अदालतको परमादेशबमोजिम संसद् बैठक बोलाउन तयार भएका छन् ।

    बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको ओली समूहको बैठकले सर्वोच्चको आदेशको कार्यान्वयन गर्न निर्देशन दिएको छ ।



    सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको निर्णय उल्टाउँदै संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो ।



    संसद् पुनर्स्थापनाको फैसला आएपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो समूहको स्थायी कमिटीको बैठक बोलाएका थिए ।

    सो बैठकले संसद् पुनर्स्थापनाको फैसलाबमोजिम संसद् बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार