Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केटुको सफल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको छ : प्रधानसेनापति

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालीहरुले हिउँद याममा विश्वकै दोस्रो अग्लो केटु हिमाल सफल आरोहण गरेकाले नेपाल र नेपालीको गौरव बढाएको बताएका छन् ।

८ हजार ६ सय ११ मिटरको पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने–‘केटु हिमालको सफल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको छ । सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुन्छ ।’

केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै प्रधानसेनापति थापाले भने–‘यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ । हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ ।’

उक्त कार्यबाट नेपाली सेना हर्षित भएको बताउँदै उनले आरोहण टोलीले अनुपम उदाहरण प्रस्तुत गरेको बताए ।

प्रधानसेनापति थापाले राष्ट्रिय भावनासहित सबै एकजुट भएर एउटै लक्ष्यका साथ चढेकाले हिमाल आरोहणको कीर्तिमान सम्भव भएको पनि बताए । आरोहण टोलीको अनुभव नेपाली सेनाका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको बताए ।

प्रधानसेनापति थापाले केटु हिमाल आरोहण गर्ने नेपाली टोलीलाई सहयोग गरेकामा उनले पाकिस्तान सरकार, जनता र नेपालस्थित पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077