Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुन्डीको रकमसहित दुई जना भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणको हुन्डीको रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार जिल्लाबाट खटिएको टोलीले पूर्व सूचनाको अधारमा उनीहरुलाई २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत, बिहार, पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटियागंज–७ टोल नरकटियागंज बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन् ।

बुधबार बिहान साढे ११ बजेको समयमा कलैया– ८ बरेवा चोकमाछे चेकजाँच गर्दा उनीहरु चढेको भारतीय मोटरसाइकलको डिक्कीबाट उक्त रकम भेटिएको हो ।

प्रहरीले एक हजार दरका १ हजार ७ सय ७२ थान, रु ५०० रुपैयाँ दरका १ हजार ५ सय २६ थान गरी कुल २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।
रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु भएको बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

भारतबाट हुन्डीको पैसा जिल्लाको मुख्य तथा ग्रामीण नाकाबाट लुकिछिपी भित्र्याइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077