Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियामा फेसबुक र गुगलले विरोध गरेको कानुन पारित

एजेन्सी। अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ।

यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए।

गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।

त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।

अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूका पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीवार संशोधन सहित पारित गरेको हो। सिनेटले सो कानुन पारित गरिसकेको थियो। -बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077