Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपहार पर्‍यो भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं। उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077