Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  •   सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु 

      सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु 

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    सिरहा, लहान नगरपालिका-३ स्थित गोधुली होटल अगाडि सडकमा ना.६ ख ४९४४ नम्बरको कन्टेनरको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-४ बस्ने १४ वर्षीय धिरज गुप्ताको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    बर्दिया, राजापुर नगरपालिका-८ भोगपुरस्थित सडकमा ना.६५ प ८०३९ नम्बरको मोटरसाइकल रांगामा ठक्कर खाँदा  मोटरसाइकल चालक गुलरिया नगरपालिका-३ खैरापुर बस्ने २७ वर्षीय दामोदर खनालको बुधबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय सुभन यादवको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 



    चितवन, भरतपुर महानगरपालिका-१२ स्थित सडकमा ना.३८ प ५२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-१० बस्ने २५ वर्षीय चिरन राज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 



    यसैगरी चितवन, भरतपुर महानगरपालिका-९ स्थित सडकमा बा.५ ख ८९९९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा ना.६ ख ४०४४ नम्बरको ट्रकले ना.१ ह ३४०८ नम्बरको गाडीलाई बिहीबार बिहान ठक्कर दिँदा गाडी चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

    सुनसरी, बराहक्षेत्र नगरपालिका-५ भरोलस्थित सडकमा को.१ ज ३७६१ नम्बरको बोलेरोले ना.३९ प ५०७६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय डिगन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार