Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्कारपियोले साइकललाई ठक्कर दिँदा दिदीबहिनी मृत्यु

    स्कारपियोले साइकललाई ठक्कर दिँदा दिदीबहिनी मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

    बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका–१ घर भएका दुई दिदीबहिनीको ज्यान गएको हो ।



    जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार हाल राप्ती गाउँपालिका–८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बहिनी वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको हो ।



    पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कारपियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।

    मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार