Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पेप्सीकोला सवारी दुर्घटनामा २ जनाको मृत्यु‚ १२ घाइते

    पेप्सीकोला सवारी दुर्घटनामा २ जनाको मृत्यु‚ १२ घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेका छन् ।



    आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

    दुई गाडी आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार