Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्यानडामा सवारी दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु, दुई सिकिस्त

    क्यानडामा सवारी दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु, दुई सिकिस्त

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 489
    SHARES

    काठमाडौं । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।



    मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ । अन्टारियो प्रोभिन्सियल प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक नगरेको बताइएको छ । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।



    घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार