Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरको छतबाट लडेर एकको मृत्यु

    घरको छतबाट लडेर एकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर। जिल्लाको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक व्यक्तिको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाए अनुसार मृतक चौधरी डेरा फार्मेसीमा अध्ययनरत थिए । उनी आफै डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको हो ।



    कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा अनुसार मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको पारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्दपी उनको शव  परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार