Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजीनामा दिनुपर्ने ओली लाज पचाएर सांसद किनबेचको खेलमा लागेको उपेन्द्रको आरोप

इलाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता नभएको वताएका छन् ।

सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको यादवले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र झन् बलियो बनेको नेता यादवको भनाइ थियो ।

जसपा इलामले बिहीबार इलाम सदरमुकाममा गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गरेको र अदालतको फैसलाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको उल्लेख गरे ।

दिनरात लोकतन्त्र र संघीयतालाई समाप्त पार्ने खेलमा लागेर प्रधानमन्त्री ओली अधिनायकवादतर्फ उन्मुख बन्न संसद् विघटन गरे पनि अदालतले ओलीको त्यो सपनालाई चकनाचुर पारिदिएको यादवको भनाइ थियो ।

उनले अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गर्नेबित्तिकै प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि  अझै सांसद खरिद बिक्री गरेर शासन गर्ने खेलमा लागेकाले  यो सपना अब पूरा नहुने दाबी पनि गरे ।

ओली नेतृत्वको सरकार काण्डैकाण्डमा मुछिएको, भ्रष्टाचारी, तस्कर, माफिया, कमिसनखोरलाई संरक्षण गर्ने काम मात्र वर्तमान सरकारले गरेको यादवको आरोप थियो । अरु मुलुकमा भ्रष्टाचारीलाई सजाय दिइन्छ, तर नेपालमा प्रधानमन्त्रीले नै संरक्षण गरेको यादवको भनाइ थियो ।

बहुमतको जनमत पाएर सरकारमा पुगेको नेकपा देश चलाउन असफल भएको टिप्पणी गरे ।

ओलीले अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेको एक मिनेटमै नैतिकताको आधारमा राजीनामा दिएर सरकार गठनको बाटो खुला गर्नुपर्ने भए पनि हालसम्म राजीनामा नदिएर लाज पचाएर सरकारमा बसेको वताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077