Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको स्वार्थमा ३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

कतिपय जिल्लामा एक बर्ष नपुगे पनि सरुवा गरिएको छ।

संसद पुनर्स्थापनापछि कमजोर बनेका ओलीले यसअघि बिहीवार सम्पत्ति शुद्धिकरण बिभागका महानिर्देशकसहित दर्जनौ सहसचिवहरुको सरुवा गरेका थिए।

केही जिल्लाका सीडीओ र सहायक सीडीओको सरुवामा गृहसचिब महेश्वर न्यौपानेले आर्थिक चलखेल गरेको स्रोत वताउँछ।

ओलीको स्वार्थमा केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

यस्तो छ सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077