Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हुन्डीको रकमसहित दुई जना भारतीय नागरिक पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले  ठुलो परिमाणको हुन्डीको रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बिहीबार बेलुका भारतको  रक्सौलबाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको नेपाली सात लाख रुपैयाँ सहित भारतीय नागरिक ४० बर्षीय संजय कुमार गुप्ता र ३७ बर्षीय बिनोद कुमारलाई  पक्राउ गरिएको  हो ।

बरामद रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई पर्सा जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको खनालले बताए ।

भारतबाट हुन्डीको पैसा जिल्लाको मुख्य तथा ग्रामीण नाकाबाट लुकिछिपी भित्र्याइने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077