Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं।  मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्ने सिफारिश गर्ने निर्णय गरेको छ।

शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले  संसद अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चले फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापना गर्ने फैसला गरेको थियो।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।

मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077