Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

काठमाडौं । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।

आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै प्राविधिक प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जानकारी दिए

उनका अनुसान, काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालय परिसरसहित अयोगका अन्य छवटा कार्यालय इटहरी, बर्दिबास, हेटाँैडा, पोखरा, नेपालगञ्ज, कञ्चनपुरमा निर्माण कार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077