Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • स्मार्टडोकोलाई उच्च मूल्याङ्कनसहित ई–कमर्सको रूपमा मान्यता प्राप्त

    स्मार्टडोकोलाई उच्च मूल्याङ्कनसहित ई–कमर्सको रूपमा मान्यता प्राप्त

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।

    स्मार्टडोकोले आज एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो ।



    स्मार्टडोकोद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो, जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।’



    स्मार्टडोकोका अन्य विशेषताहरु :
    – रिंगरोड भित्र निः शुल्क डेलिभरी
    – हरेक खरीदमा रिवार्ड पोइन्ट
    – भारी छुट र छुट कुपनहरू
    – सजिलै रिटर्न गर्न सकिने
    – भुक्तानी विकल्प (नगद/कार्ड/सेलपे/ई–सेवा/मास्टरकार्ड)

    आईएमएस ग्रुपका सिईओ दिकेश मलहोत्राले स्मार्ट डोकोलाई यो अवस्थासम्म ल्याउनका लागि सहयोग गर्ने ग्राहकवर्गमा धन्यवाद ब्यक्त गरेका छन् । उनले भनेका छन्–‘सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’

    ‘स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास ग¥यौं । अन्तमा, हामी दुबै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ्ग ई–कमर्स् एप् हुन सफल भयौं । हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं । स्मार्टडोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ । ’ विज्ञप्तिमा भनिएको छ ।

    कम्पनीले उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन अझै पनि प्रयासहरु केन्द्रित गर्ने जनाएको छ । त्यससँगसँगै आफ्ना ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिङको अनुभव दिन प्रयास गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार