Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

कुटपिट गरी हत्या गर्ने सात जना पक्राउ     

दाङ। जिल्लाको घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या भएको छ । 

हत्या गरेको अभियोगमा शनिबार राति सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

घर नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077