Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीले हलो अड्काएर गोरु चुटेझैँ पौरख देखाए : डा. भट्टराई

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमा बसेर केपी शर्मा ओलीले दम्भ र हठ प्रदर्शन गर्न नमिल्ने बताएका छन् ।

स्वास्थ्य उपचारको क्रममा भारत पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् लेख्दै भने, 'प्रधानमन्त्री ओलीले हलो अड्काएर गोरु चुटेर पौरख देखाएको संज्ञा दिदै यस्तो गर्न नहुने टिप्पणी गरेका छन् ।'

डा.भट्टराईले सर्बोच्च अदालतले गरेको फैसलालाई मान्नु पर्ने भन्दै देश संकटमा जानबाट अदालतले बचाएको बताएका छन् ।

सपार्ने पो नेता ! बिगार्ने त के नेता ! भन्दै डा. भट्टराईले अब निकास खोज्ने प्रधानमन्त्रीको जिम्मा रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077