Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारको आरोपमा बार्सिलाेनाका पूर्वअध्यक्ष पक्राउ

एजेन्सी। स्पेनिस फुटबल क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ पक्राउ परेका छन् ।

प्रहरीले सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्प नोउमा प्रवेश गरी जोसेपलाई पक्राउ गरेको हो ।

इ–इस्पेन नेटका अनुसार भ्रष्टाचारको आरोपमा जोसेपसँगै क्लबका मुख्य कार्यकारी अधिकारी ऑस्कर ग्रू, जोसेपको पूर्व सल्लाहकार जौमे मासेफरर र कानूनी सल्लाहकार रोमन गोमेज पोन्तीलाई पनि बार्सिलोना प्रहरीले पक्राउ गरेको छ ।

पूर्वउपाध्यक्ष इमिलीले बार्सिलोनाका केहि बोर्ड सदस्यले क्लबको रकम व्यक्तिगत प्रयोजनका लागि उपयोग गरेको आरोप लगाएका थिए ।

जोसेपले कानुनी उपचारमा जाने बताएपछि इमिलीले त्यसका लागि तयार भएको बताएका थिए । उनले आफूसँग भ्रष्टाचारको प्रमाण भएको समेत दाबी गरेका थिए ।

सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077