Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाहाझैं पछारिएका ओली अझै जित्यौं भन्दैछन् : प्रचण्ड

    पाहाझैं पछारिएका ओली अझै जित्यौं भन्दैछन् : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि केपी शर्मा ओली समूह पाहा पछारिए झैं पछारिएको बताएका छन् ।

    निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गर्दै अध्यक्ष दाहालले अझै पनि ओलीले साम दाम दण्ड भेद सबै प्रयोग गरेर सत्ता लब्याउन खोजेको उनको आरोप लगाए ।



    आज पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने–‘ओली समूहका नेताहरुले अझै हामी झन् बलियो भयौं भन्न थालेका छन् । यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’



    ओलीले बनाएको एउटा सेटिङ सर्वोच्चको फैसलाले भत्काएको भन्दै उनले निर्वाचन आयोगले छिट्टै अर्को सेटिङ भत्काउने दाबी गरे ।

    उनलेभने–‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार