Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबाट फर्किएसँगै डा. भट्टराईले भने - संविधान संशोधन गरौँ

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संबिधान संशोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री भट्टराईले आफु दश दिन विदेशमा बस्दा आफ्नो स्वास्थ्य भन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको बताएका छन् ।

मंगलबार स्वदेश फर्किएका भट्टराईले फर्किएलगत्तै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु ब्यक्त गर्दै भनेका छन्, 'दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नो भन्दा देशको स्वास्थ्यले गम्भीर बनायो । यसो गरौं न १ ,ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो ! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक फरगिभ र फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौंस्।'

त्यस्तै, लगत्तै अर्को ट्वीट लेख्दै अध्यक्ष भट्टराईले भनेका छन्, ' टिआरसीलगायत शान्तिप्रक्रियाका बॉकी काम पूरा गरौ, सहमतिले संविधान संशोधन गरौं, (संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ) समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं ,विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत: भारतरचीनरअमेरिकासंग असल सम्बन्ध बनाऊॅ !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077