Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘बी’ डिभिजन लिग : नयाँबस्ती र टुसालको बराबरी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत नयाँबस्ती युथ क्लबले टुसाल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा  ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको टुसालका लागि दोस्रो हाफको ७१औं मिनेटमा एलोन राईले बराबरी गोल फर्काएका थिए ।

बराबरीसँगै ९ खेलबाट १२ अंकसहित नयाँबस्ती  लिग तालिकाको छैटौं स्थानमा छ । त्यस्तै टुसाल ९ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077