Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै पूर्व मिस नेपाल खतिवडा

काठमाडौँ। पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वविद्यालय हार्वर्डमा अध्ययनका लागि जाने भएकी छन् ।

उनले आगामी अगस्ट महिनामा अध्ययनका लागि अमेरिका जान लागेको जानकारी दिएकी हुन्।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । शृङखला नेपालमा आर्किटेक्चरमा स्नातकसम्मको गरेकी छन् ।

'आट्यो भने सकिन्छ नि भन्ने लाग्यो। त्यसका लागि धेरै अध्ययन् र अनुसन्धान गरेँ नभन्दै दुई महिनामै काम भयो,’ उनले भनिन् ।

उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् । खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077