Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिउँसै कोठाको ताल्चा फुटाई महत्वपुर्ण कागजातसहित ल्यापटप र नगद चोरी

काठमाडौँ। राजधानीमा दिउँसै कोठाको ताल्चा फुटाई महत्वपुर्ण कागजातसहित ल्यापटप र नगद चोरी भएको छ।

काठमाडौँ महानगरपालिका वडा-२६ गल्खोपखा बस्ने निर्मल लामिछानेको कोठाबाट महत्वपुर्ण कागजातसहित ल्यापटप, र नगद चोरी भएको महानगरीय प्रहरी वृत लैनचौरले बताएको छ।

शुक्रबार साँझ ५ बजेतिर कोठामा कोही नभएको मौका पारी लामिछानेको कोठमा लगाएको ताल्चा फोडेर शैक्षिकसत्रका सर्टिफिकेटहरु, नागरिकता, पासपोर्ट, ल्यापटप, बाइकको  साँचोलगायत नगद चोरी भएको हो ।

उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको र चोरी गरी फरार रहेकाको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077