Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गृहमन्त्री बादल र विप्लवबीच भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच भेटवार्ता भएको छ ।

शनिबार बिहान पुल्चोकस्थित् मन्त्रीक्वार्टरमा बादल र विप्लवबीच एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बताईएको छ ।

सरकारसंगको तीनबुँदे सहमतिसँगै विप्लव हिजोमात्रै सार्वजनिक भएका हुन् ।

शुक्रबार राष्ट्रियसभागृहमा सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

उक्त तीन बुँदे सहमतिको तीन नम्बर बुँदामा मुद्दा फिर्ता र बन्दीहरुलाई रिहाइ गर्ने सहमति छ । त्यही सहमति कार्यान्वयनको लागि अविलम्ब प्रक्रिया अघि बढाउन विप्लवले गृहमन्त्री बादलसमक्ष आग्रह गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077