Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदको सातौं अधिवेशन आजबाट, प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ताको सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि शुुरु हुुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।

तर, सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो ।

सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन आज चार बजेका लागि बोलाइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेका छन् ।

यस्तो अवस्थामा बस्न लागेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन अविस्वासको प्रस्ताव दर्ता गर्ने रणनीतिमा प्रचण्ड–माधव समूह रहेको छ ।

तर, प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077