Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदको कार्यसूची फेरियो, राष्ट्रपतिको पत्र पढेर बैठक अन्त्य गरिँदै

काठमाडौं । संसदको आजको पहिलो बैठकका कार्यसूची फेरिएको छ ।

आइतबार बस्ने बैठकमा सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।

'बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ र यसैबीचमा निधन भएका १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ', सचिवालयका प्रवक्ता पाण्डेले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077