Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली आइडी बनाई ई-सेवामार्फत् ठगी गर्ने एक युवक पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखा काठमाडौँले इ-सेवा आइडीमार्फत् ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुल्सीपुर  घर भई हाल काठमाडौँ चावाहिल बस्ने २३ बर्षीय आशिष खड्का रहेका छन्।

शुक्रबार दिउँसो अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई सानोठिमिबाट पक्राउ गरेको हो ।

उनले ठगी गर्नेहरुको सम्पूर्ण जानकारी लिई भेटघाट गरी बिभिन्न बहाना बनाई उनीहरुले चलाउदै गरेका कम्प्यूटर, ल्यापटप, मोबाईल हेरी उक्त डिभाइसबाट गुगल एकाउन्टको पासवोर्ड पट्ट लगाई उनीहरुको ई-सेवा आइडी खोली नक्कली एकाउन्ट खोली अन्य व्यक्तिको नामको खाता लगायत ई-सेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेका थिए ।

पक्राउ परेका खड्कालाई ठगी मुद्धामा आवश्यक थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको अपराध महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077