Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौँ । राजनीतिक दलहरुको बिरोधपछि संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।

सांसदहरुले वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै बैठकको बीचबाटै उठेर हिँडेपछि संसद स्थगित भएको हो  ।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, नेकपा प्रचण्डमाधव समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, कांग्रेसका सांसदहरुले संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।

अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077