Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

११ लाख घुस लिँदालिँदै एयरपोर्ट भन्सारको गेटबाट प्रहरी हवल्दारसहित २ जना पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दारसहित २ जनालाई रंगेहात पक्राउ गरेको छ।

अख्तियारबाट खटिएको स्टिङ अप्रेशनको टोलीले आईतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल भन्सार कार्यालयको गेटबाट महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठ र उनका सहयोगी होटेल व्यवसायी अनिश जोशीलाई  हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भन्दै रकम लिँदा लिँदै पक्राउ गरेको हो । उनीहरु  घुस रकमसहित पक्राउ परेका हुन ।

केही दिन अघि अख्तियारको टोलीले भन्सार कार्यालयका कर्मचारीलाई पक्राउ गरेको थियो। पक्राउ परेका कर्मचारीहरुलाई छुटाइदिने भन्दै प्रहरी हवल्दार ताराकुमारीले आफन्तबाट ११ लाख घुस रकम मागेकी थिइन्।

सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार   पक्राउ परेका दुबैजनालाई अख्तियारको हिरासत कक्षमा राखेर थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077