Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

 चितवनमा प्रहरीलाई दुर्ब्यबहार गर्ने दुई बिचौलिया पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले सवारी साधनबाट पैसा लिने तथा प्रहरीलाई दुर्ब्यबहार गर्ने बिचौलियालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत फाल्गुन २२ गते पुल्चोकस्थित नारायणगढबाट काठमाडौं जान लागेको बा १३ च ५७९७ न.को कारलाई जिल्ला नवलपुर गैडाकोट न.पा. २ बस्ने बर्ष ३२ को सुजन शाही र जिल्ला नवलपुर कावासोती न.पा.१४ बस्ने बर्ष २८ को राज कुमार श्रेष्ठले रोकेर दलाली गरेका थिए।

उनीहरुले काठमाडौं जाने मान्छे तपाईको गाडीमा राखि दिन्छौ केही पैसा ट्राफिक प्रहरीलाई दिनुपर्छ केही कमिसन हामीपनि राख्छौ भनी पैसा समेत लिएको एको प्रहरीको भनाइ छ ।

सोही बिषयमा तत्काल डिउटीमा खटिएको प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमा अबरोध सिर्जना गरेकोले उनीहरुलाई पक्राउ गरी  जिल्ला अदालतबाट सात दिनको  म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077