Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१९ वर्षीय युवकको आफ्नै घरभित्रै हत्या, अपराधीहरु बाइक चढेर भागे

काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको घरभित्रै हत्या भएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान पेन्टरको काम गर्ने १९ वर्षीय रोहित शर्माको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाएर घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

उनको घरको तल्लो तलामा खाजा पसल रहेको छ भने माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077