Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजालाई स्थान दिन सांसद राजेन्द्र लिङ्देनको आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले वर्तमान समयमा राजालाई स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका छन् ।

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सांसद लिङ्देनले अहिलेको असफलता वर्तमान प्रणालीकै असफलता रहेको बताएका छन् । उनले विप्लवका कुरा र हतियार बोक्नेले मात्र नभएर धनता र सौम्य राजालाई पनि स्थान दिन आह्वान गरेका हुन्।

उनले लेखेका छन्, ‘अहिलेको अस्थिरता या असफलता कुनै व्यक्ति या पार्टीको नभएर कमजोर धरातलमा अडेको वर्तमान प्रणालीकै असफलता हो । बिखण्डन, विप्लवका कुरा गर्ने, हतियार बोक्नेलाई मात्र होइन । अनेक अभियोग, लान्छनाका बीच पनि शान्त र सौम्य राजालाई पनि स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गरौं !’

https://twitter.com/RajendraLingden/status/1369173532194734085

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077