Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले र जसपाको संयुक्त कार्यदल गठन

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले सत्ता सहकार्यलगायतका विषयमा छलफल गर्न  संयुक्त कार्यदल गठन गरेका छन् ।

यो कार्यदलमा जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रराज शुक्ल रहेका छन् ।

त्यस्तै, एमालेबाट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायत नेताहरु रहेका छन्।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो । तर यी दुई दलको संसदीय दलका नेता फरक-फरक छन्।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेले छलफल गरेको हो ।

जसपाले रेशम चौधरीको रिहाईका लागि प्रधानमन्त्री सकारात्मक भएकाले एमालेसँगै वार्ता अघि बढाउन चाहेको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077