Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आयोजना गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक यही फागुन २९ गते बोलाउने निर्णय गरेको थियो । चैत १ गते भने कार्यकर्ता भेला जिल्लास्तरमा गर्ने निर्णय गरेको छ।

संसद सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077