Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओली प्रवृतिविरुद्ध संघर्ष गर्न माधव नेपाल समुहले बोलायो केन्द्रीय सदस्यहरूको बैठक

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेपछि ओली समूहसँग छुट्टिएर प्रचण्डसँग मिलेको माधव नेपाल समूह आइतबार सर्वोच्चको फैसलासँगै पुन एक हुन पुगेको छ।

‘एमालेमै बसेर ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित माधव नेपाल समूहले आज अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको केन्द्रीय सदस्य हरिबहादुर राईले बताए।

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल समूह सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077