Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोको हरामलाई अवज्ञा गर्ने साहसिक महिला

एजेन्सी। नाइजेरियामा बालिकालाई ठूलो सङ्ख्यामा बन्धक बनाइएको विषय विश्वभर समाचार बन्ने गरेको छ।

चिबोकको एउटा विद्यालयमा पाशविक हमलापछि बन्धक बनाइएकी एक जना युवतीका लागि यस्ता अपहरणका खबरहरू पीडादायी हुने गर्छन्।

नाओमी अडामु शान्त देखिन्छिन्। कुरा गर्दा उनी विरलै आँखा जुधाउँछिन्। तर उनको मधुरो आवाज निरन्तर सुनिन्छ।

उनलाई भेट्ने कमैले मात्र उनी एकदमै त्रासदीपूर्ण अनुभवबाट बाँचेको आकलन गर्छन् तर उनको शान्त आचरणले उनको असाधारण व्यक्तित्व झल्काउँछ।

बोको हरामको हमलाको समयमा २४ वर्षकी रहेकी नाओमी छात्रामात्रै पढ्ने चिबोक सरकारी माध्यमिक विद्यालयबाट बन्धक बनाइएका २७० भन्दा बढी विद्यार्थीमध्ये सबैभन्दा जेठी थिइन्।

इस्लामवादी उग्रवादी समूहले सन् २०१४ को एप्रिलमा ती छात्राहरूलाई अपहरण गरेको थियो।

उनका कक्षाका सहपाठीहरूले उनलाई मामान मु अर्थात् हाम्री आमा भनेर सम्बोधन गर्थे।

बाल्यकालमा स्वास्थ्यका कारण उनको पढाइ रोकिएको थियो।

ुचिबोक छात्राुहरूको बारेमा प्रकाशित नयाँ पुस्तकको उनी अहिले मुख्य पात्र बनेकी छन्। स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077